You are currently viewing विद्या भुषण पब्लिक स्कुलले भव्यताका साथ मनायो फुड फेस्टिबल / @VidyaBhushanPublicSchool

विद्या भुषण पब्लिक स्कुलले भव्यताका साथ मनायो फुड फेस्टिबल / @VidyaBhushanPublicSchool

पौष १९,धनगढीधनगढी उपमहानगरपालिका वडा न १३ मोहनपुरमा रहेको विद्या भुषण पब्लिक स्कुलले फुड फेस्टिबल भव्यताका साथ मनाएको छ । फुड फेस्टिबलमा विद्यार्थीहरुले अर्गानिक खानाका परिकार थारु समुदायमा लोकप्रीय ढिक्री, पहाडी समुदायमा लोकप्रीय बटुक लगायत दर्जनौं स्वादिष्ट खानाका परिकार तयार पारेका थिए ।

शुक्रबार विद्यालयको खेल मैदानमा विद्यार्थी,शिक्षक र अभिभावकहरुको उपस्थितिमा फुड फेस्टिबल आयोजना गरिएको विद्यालयका संस्थापक प्राचार्य डिकेन्द्र जंग कुँवरले बताए । प्राचार्य कुँवरले विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार नै हरेक वर्ष फुड फेस्टिबल आयोजना गर्दै आएको र यसपटक अझै व्यवस्थित तरिकाले कार्यक्रम आयोजना गरिएको बताए । उनले फुड फेस्टिबलमा विद्यार्थीहरुले ३० ओटा खानाका परिकार आफै तयार गरेको र आफैले बेच्ने वातारण बनाइदिएको भन्दै विद्यार्थीहरुमा व्यवसायिक रुची बढाउन र खाना बनाउने सीपको विकासका लागि यस्ताखाले कार्यक्रम महत्वपूर्ण रहने बताए ।

उनले आफ्नो विद्यालयले सैद्धान्तिक भन्दापनि प्रयोगात्मक शिक्षामा बढी जोड दिइरहेको भन्दै पछिल्लो समय सुदूरपश्चिमभरिमा आफूले विद्यालयलाई परिचित गराउँदै लगिरहेको बताएका छन ।

फुड फेस्टिबलमा सहभागी अभिभावकहरुलाई म्युजिकल चियर र हिट द विकेट मार्फत मनोरञ्जन प्रदान गरिएको थियो । प्याब्सन धनगढीका अध्यक्ष नवनिर्वाचित अध्यक्ष धुर्ब बहादुर सिंह,सचिव लोकेन्द्र विष्ट तथा कोषाध्यक्ष योगेन्द्र सिंहले पनि फुड फेस्टिबलको अवलोकन गरेका थिए ।

फुड फेस्टिबलमा सहभागी अभिभावक डम्मर दत्त पाण्डेय र जय कुमारी अएडीले विद्यालयले गरेको प्रयोगात्मक कार्यक्रम उत्कृष्ट लागेको प्रतिक्रया दिए । उनीहरुले फुड फेस्टिबल मार्फत बालबालिकाले आगामी दिनमा व्यापार व्यवसाय कसरी गर्ने,पैंसाको महत्व के रहेछ ? स साना कुराबाट भावी योजना कसरी बनाउने र आगामी दिनमा घरमा पनि कामप्रति रुची जगाउने काम गर्ने बताएका छन ।

त्यस्तै कक्षा ७ मा अध्ययनरत छात्र दिपक गोयला र अञ्चम साउँदले विद्यालयले आयोजना गरेको फुड फेस्टिबल आफ्ना लागि सिकाइको एउटा अवसर रहेको बताएका छन । उनीहरुले खाना कसरी पकाउने ? व्यवसाय कसरी गर्ने ? आफूसँग उपलब्ध सामाग्रीको बजारीकरण कसरी गर्ने भन्ने बारे ज्ञान पाएको बताएका छन ।

२०६४ साल सरस्वती पूजाका दिन स्थापना भएको विद्यायल मोहनपुर गेटा क्षेत्रमा गुणस्तरीय शिक्षा र सृजनात्मक क्रियाकलापका लागि परिचित छ । २०७३ सालमा डिकेन्द्र जंग कुँवरले विद्यालयको नेतृत्व गरेपछि अहिले विद्यालय थप परिष्कृत हुँदै आएको छ । करिबन ४ बिगाहा क्षेत्रफलमा फैलिएको विद्यालयमा पर्याप्त खेलमैदान,सुविधा सम्पन्न भौतिक पूर्वाधार र शिक्षण सिकाइ क्रियाकलापमा दक्ष कर्मचारी रहेको विद्या भुषण पब्लिक स्कुलमा अहिले सात सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।

Leave a Reply