You are currently viewing विभिन्न ठाउँमा तोडफोड र आगजनी
काठमाडौँ, २३ भदौः ‘जेनजी’ पुस्ता सडकमा काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट÷रासस

विभिन्न ठाउँमा तोडफोड र आगजनी

२४ भाद्र,२०८२ः प्रदर्शनकारीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्बा गुरुङको सुनाकोठीमा रहेको घर र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड र आगजनी गरेका छन् ।


यस्तै ललितपुरको हरिसिद्धिमा रहेको प्रहरी प्रभाग, प्रचण्ड निबास नजिकको प्रहरी बिटमा आगजनी गरेका छन् । रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाको कार्यालयमा पनि आगजनी गरिएको छ । त्यहाँ पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ । प्रहरीले भक्तपुरको साँगाबाट काठमाण्डौ उपत्यका प्रवेश गर्ने गाडी पनि रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply