You are currently viewing विराटनगरमा लुम्बिनीमाथि सनशनीपूर्ण जित निकाल्दै सुदूरपश्चिम प्रदेश लगातार दोश्रोपटक च्याम्पियन

विराटनगरमा लुम्बिनीमाथि सनशनीपूर्ण जित निकाल्दै सुदूरपश्चिम प्रदेश लगातार दोश्रोपटक च्याम्पियन

कार्तिक २१,धनगढी: विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशमाथि ८ रनको शनसनीपूर्ण जित निकाल्दै सुदूरपश्चिम प्रदेश लगातार दोश्रोपटक च्याम्पियन बनेको छ ।

यो जितसँगै लिग चरणमा लुम्बिनी प्रदेशसँग व्यहोरेको हारको सुदूरपश्चिम प्रदेशले बदला पनि लिएको छ । अघिल्लो संस्करणमा पनि फाइनलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले उपाधि हात पारेको थियो । सुदूरपश्चिम प्रदेशलाई उपाधि दिलाउन कप्तान हेमन्त धामीले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका कप्तान धामीले २ ओभर मेडेन राख्दै २५ रन खर्चेर ४ विकेट चट्काए । सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो । लुम्बिनी प्रदेशका लागि कप्तान आकाश त्रिपाठीले सर्वाधिक २२ रनको योगदान दिए ।

अन्तिम विकेटका लागि शिव कुँवर र रमेश कुर्मीले २४ रनको उत्कृष्ट साझेदारी गरेपनि टिमलाई जित दिलाउन सकेनन । विजय कहोरले १९,समिर अलीले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनिय प्रर्दशन गर्न सकेनन । लुम्बिनी प्रदेशको ब्याटिङ लाइनलाई थप धरासयी बनाउ सुदूरपश्चिमका लागि नरेन साउँद र सचिन भट्टले समान २ / २ तथा अशोक धामीले एक विकेट चट्काए ।

त्यसअघि टस जितेर पहिला ब्याटिड गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि अभिषेक थापाले सर्वाधिक २९ रन बनाए । ८.३ ओभरको खेल सकिदा विना कुनै विकेट ४५ रनको मजबुत स्थितिमा रहेको सुदूरपश्चिमले त्यसपछि लगातार विकेट गुमायो । सुदूरपश्चिमका लागि नरेन भट्टले २७ रन, बनाउँदा नरेन साउँद १५ रनमा रनआउट भए । राजेश ऐरले १४ रन,दिपक रोकाया ११ रन र अशोक धामीले ८ रन बनाए । कप्तान हेमन्त धामी ६ रनमा आउट हुँदा सचिन भट्ट ३ रनमा अविजित रहँदा आशिष लुहार २ तथा प्रकाश पाण्डेय १ रन बनाए । युवराज खत्रीले खाता खोल्न सकेनन

।सुदूरपश्चिमको ब्याटिड लाइनलाई धरासयी बनाउन लुम्बिनी प्रेशका सन्तोष यादवले ५ विकेट चट्काए । १० ओभर पुरै बलिड गरेका सन्तोषले २ मेडेन राख्दै २८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै रमेश कुर्मीले ३ तथा शिव कुँवरले एक विकेट लिए । लिग चरणमा पहिलो भएको सुदूरपश्चिम र दोश्रो भएको लुम्बिनी बीच फाइनल खेल भैरहेको छ । यी दुइ टोली अघिल्लो संस्करणमा पनि फाइनल खेलेका थिए जहाँ सुदूरपश्चिमे उपाधि हात पारेको थियो ।

Leave a Reply