कार्तिक १९ धनगढी : विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशले शनसनीपूर्ण प्रर्दशन जारी राखेको छ । पहिलो खेलमा लुम्बिनीसँग ४१ रनले पराजित भएपनि त्यसपछिका खेलमा भने विपक्षी टिममाथि हाबी हुँदै लगातार जित निकालिरहेको छ । उस्ले दोश्रो खेलमा कर्णालीलाई ५ विकेट,तेश्रो खेलमा गण्डकीलाई ५ विकेट तेश्रो खेलमा बलियो ठानिएको मधेश प्रदेशलाई ११ रन,पाँचौं खेलमा बाग्मती प्रदेशलाई पाँच विकेटले पराजित गरेको सुदूरपपश्चिमले समूह चरणको अन्तिम खेलमा कोशी प्रदेशमाथि १२३ रनको ठूलो जित निकाल्दै फाइनलको टिकट पक्का गरेको छ । फाइनल खेल कार्तिक २१ गते लुम्बनी प्रदेश र सुदूरपश्चिम बीच हुनेछ ।
आज भएको खेलमा टस जितेर ब्याटिड गरेको सुदूरपश्चिमले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनायो । उस्का लागि युवराज खत्रीले सर्वाधिक ४४ रनको पारी खेले । राजेश ऐर १०,अभिषेक थापा ३७,कप्तान नरेन भट्ट २४,आशिष लुहार ०,प्रकाह पाण्डेय ०,दिपक रोकाया १०,नरेन साउँद २०,अशोक धामी २२,आयुश द्वारिया ० तथा सचिन भट्टले ५ रन बनाए । कोशी प्रदेशका लागि कप्तान सौजन घिमिरे ४ तथा विपिन महतोले २ विकेट लिए ।
१८४ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेशले २२.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो । उस्का लागि कप्तान सौजन घिमिरेले २६ तथा आशिष मगरले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन । कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमले पुनःएकपटक शानदार बलिङ प्रर्दशन गर्यो । सुदूरपश्चिमका लागि ६ ओभर बलिङ गरेका सचिन भट्टले २ मेडेन राख्दै केबल ७ रन खर्चिदै ५ विकेट चट्काए । भट्टलाई नरेन साउँदले भरपुर साथ दिए । ५.३ ओभर बलिङ गरेका साउँदे मात्र १० रन खर्चिदै ४ विकेट लिए । आयुश द्वारियाको नाममा एक विकेट रह्यो । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ ओटै प्रदेशको सहभागिता छ ।