You are currently viewing विवेकको आक्रामक ब्याटिङसँगै आसामलाई १७४ रनको लक्ष्य

विवेकको आक्रामक ब्याटिङसँगै आसामलाई १७४ रनको लक्ष्य

१३ भाद्र २०८२ः विवेककुमार यादवको आक्रामक ब्याटिङसँगै नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघलाई १७४ रनको लक्ष्य दिएको छ।
एसीए क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको हो।
नेपालका सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। २३ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे।

पवन सर्राफले २३ बलमा ३ छक्कासहित ३१ रन बनाए। ओपनर देव खनाल ३१, बसिर अहदम २७ र आदिल अन्सारी १४ रनमा आउट हुँदा विवेकले ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनको आक्रामक ब्याटिङ देखाए। आसामका आकाश सेनगुप्ताले सर्वाधिक ३ विकेट लिए। अभिनव चौधरीले २ र आयुषमान मलाकार र अभिलाश गोगोइको नाममा समान १ विकेट रह्यो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply