You are currently viewing विश्वकप छनोटका लागि इन्दुको कप्तानीमा नेपाली टोली घोषणा,पूजालाई उपकप्तानको जिम्मेवारी
File Photo

विश्वकप छनोटका लागि इन्दुको कप्तानीमा नेपाली टोली घोषणा,पूजालाई उपकप्तानको जिम्मेवारी

वैशाख १२,धनगढी : नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला विश्वकप एसिया छनोटका लागि  नेपाली टाेली घोषणा गरेको छ । इन्दु बर्माले १४ सदस्यीय टोलीको नेतृत्व गर्दा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । विश्वकप छनोट मे ९ देखि २० सम्म थाइल्यान्डमा हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ ।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

Leave a Reply