You are currently viewing विश्वकप लिग -२ : ओमानसँग नेदरल्याण्ड स्तब्ध / Oman vs Netherlands / WCL-2

विश्वकप लिग -२ : ओमानसँग नेदरल्याण्ड स्तब्ध / Oman vs Netherlands / WCL-2

कार्तिक २०,धनगढी : विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा घरेलु टोली ओमानले नेदरल्याण्डमाथि आठ विकेटको जीत निकालेको छ । नेदरल्याण्डले दिएको १३३ रनको झिनो लक्ष्य ओमानले ३४.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड,ओमान र युएई सम्मिलित जारी सिरिजमा नेदरल्याण्डको लगातार यो दोश्रो हार हो । आइतबार मात्रै युएइले नेदरल्याण्डलाई २६ रनले पराजित गरेको थियो । ओमानका लागि कप्तान जतिन्द्र सिंहले सर्वाधिक ५८ रनको पारी खेले । आशिस ओडेड्राले २७ रन बनाउँदा वासिम अली २४ तथा हमाद मिर्जा ८ रनमा अविजित रहे ।नेदरल्याण्डका लागि आर्यन दत्त र भान देर मार्वेले समान एक एक विकेट लिनु बाहेक अन्य बलर विकेट विहिन रहे ।

ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड ४०ं.२ ओभरमा १३२ रनमै अलआउट भयो । नेदरल्याण्डका लागि बास डे लिड्डाले ५१ रनको अर्धशतकिय पारी तथा नोह क्रोजले २९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन । नेदरल्याण्डलाई सस्तैमा समेट्न ओमानका सकिल अहमद एक्लैले ४ विकेट लिए भने अमिर कलिम र समय श्रीवास्तवले समान दुइ तथा वासिम अलीले एक विकेट लिए । आठ टोली सहभागी विश्वकप लिग २ प्रतियोगीतामा १० खेल खेलेको नेदरल्याण्ड ६ जित र ४ हारका साथ १२ अंकका साथ अंकतालिकाको चौथो स्थानमा रहेको छ भने समान १० खेल खेलेको ओमान ४ जीत ४ हार र २ खेलमा अंक बाँड्दै १० अंकका साथ अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

 

Leave a Reply