कार्तिक १३,धनगढी: विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा स्कटल्याण्ड विरुद्ध टस जित्दै नेपाल पहिला बलिङ गरिरहेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ । नेपालका लागि पहिलो ओभर गरिरहेका बलर करन केसीले स्कटल्याण्डका ओपनर ब्याट्सम्यान चार्ली टेरलाई ० रनमै पवेलियन फर्काइदिएका छन । पहिलो ओभरको सुरुवातका ४ बल डट फ्याकेका केसिले पाँचौं बलमा चार्ली टेरलाई बोल्ड आउट गरिदिएका छन ।
विश्व कप लिग टु अन्तर्गत तेस्रो सिरिज खेलिरहेको नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग टु मा नेपाल ९ खेलमा ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अंकका साथ सातौं स्थानमा छ । स्कटल्याण्ड ८ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । ८ टोली सहभागी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज अहिलेसम्मको अंक तालिका हेर्दा क्यानडा शिर्ष स्थानमा रहेको छ ।