You are currently viewing वुमन्स डे कप टी–२० कप : अन्तिम क्षणमा आएर युगान्डा विरुद्ध नेपालको रोमाञ्चक जीत /@NepaliWomentCricket

वुमन्स डे कप टी–२० कप : अन्तिम क्षणमा आएर युगान्डा विरुद्ध नेपालको रोमाञ्चक जीत /@NepaliWomentCricket

फाल्गुन २५,धनगढी : वुमन्स डे कप टी–२० कपमा नेपाली राष्ट्रिय महिला टिमले पहिलो जित निकालेको छ । बुधबार युगान्डामा भएको खेलमा नेपालले घरेलु टिमविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो ।

खेलमा युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले १९।५ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा साना प्रविनले सर्वाधिक १७ रन बनाइन् ।यस्तै, पुजा महतोले १६ र रुविना क्षेत्रीले १० रन थपे । नेपालले ९ रन अतिरिक्त पाएको थियो । युगान्डाकी जनेत एम्बाबाजीले तीन विकेट लिइन् । साराह वालाजाको नाममा दुई विकेट रह्यो । युगान्डाकी ओपनर इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाइन् । स्टेफन नाम्पिनाले १४ रन थप्दा मलिसा आरिओकोटले ११ रन जोडिन् ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा नामिबियाविरुद्ध ६ विकेटले पराजित भएको थियो । जितसँगै दुई अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा नेपाल, युगान्डा, नामिबिया र हङकङ गरी चार देशको सहभागिता छ ।

Leave a Reply