You are currently viewing शारदा ब्यारेजको पुलमा ठुला सवारी साधन सञ्चालनमा रोक

शारदा ब्यारेजको पुलमा ठुला सवारी साधन सञ्चालनमा रोक

२९ श्रावण,२०८२ः सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्युसेक मापन भएको थियो । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए । उनका अनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो । दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply