You are currently viewing शिक्षा विधेयकमा निजी विद्यालयहरुको असहमति

शिक्षा विधेयकमा निजी विद्यालयहरुको असहमति

६भाद्र,२०८२ः विद्यालय शिक्षा विधेयक–२०८० का केही प्रावधानले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने भन्दै निजी विद्यालय सञ्चालक संघ प्याब्सन, नेशनल प्याब्सन तथा हिसानको संयुक्त आयोजनामा आज धनगढीमा शान्तिपूर्ण विरोध र्‍याली निकालिएको छ।
क्याम्पस चोकबाट सुरु भएको र्‍याली चौराहा, सहिद गेट, गेटा, पुनः सहिद गेट, हसनपुर हुँदै क्याम्पस चोकमै फर्किएको थियो। र्‍यालीमा विभिन्न विद्यालयका बसहरूमा कालो झण्डा तथा “शान्तिपूर्ण विरोध र्‍याली” लेखिएका कालो ब्यानर राखिएको थियो।


प्याब्सन धनगढी उपमहानगर कमिटीका अध्यक्ष ध्रुव सिंहका अनुसार, “शिक्षा विधेयकमा रहेका केही बुँदाहरू निजी क्षेत्रविरोधी छन्। हामीले प्रयोग गर्दै आएका हक–अधिकार कटौती गरिएका छन्। कम्पनी ऐनअन्तर्गत सञ्चालित विद्यालयलाई नाफा रहित बनाउने र क्रमशः घटाउँदै लैजाने नीति पूर्ण रूपमा स्वीकार्य छैन।“
उनका अनुसार, विधेयक संसदमा अन्तिम छलफलमा पुगेसँगै साउन २९ गतेदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरू सुरु गरिएको छ, र त्यसैको निरन्तरतामा आजको शान्तिपूर्ण विरोध र्‍याली गरिएको हो। यही सन्दर्भमा हिसान कैलालीकी उपाध्यक्ष तथा एरिस्टो माध्यमिक विद्यालयकी प्रबन्ध निर्देशक शान्ति अधिकारीले पनि राज्यको दृष्टिकोण परिवर्तन गर्नुपर्ने धारणा राखिन्। उनले भनिन्, “पूर्ण रुपले छात्राबृती हटाउनु पर्ने, अर्को हामीले जो छात्राबृती दिइरहेका छौं त्यो बिद्यालय आफैले दिनु पर्नेे हो ,आवासको छात्राबृती जुन छ त्यो बिभेदकारी निती बन्दै छ त्यसकारण यसको विरोधमा हामी आन्दोलनमा उत्रिएका हौं। “आफुहरु आन्दोलनामा रहेको भए पनि बिद्यार्थी हरुको पढाई भने निरन्तर भइरहेको उनले बताइन ।


प्याब्सनले यसअघि काठमाडौंसहित देशका विभिन्न सहरमा धर्ना, जुलुस र विरोध प्रदर्शन गर्दै आएको छ। संगठनले शिक्षा विधेयक खारेज गरी निजी विद्यालयको योगदानलाई स्वीकार गर्ने नीति ल्याउन सरकारसँग माग गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply