पौष १५,धनगढी: धनगढीमा सम्पन्न ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ मा आयोजित चित्रकला प्रतियोगीताको माध्यमिक तहमा एक्सिस विद्याश्रमले प्रथम स्थान हाँसिल गरेको छ ।
एक्सिस विद्याश्रम कक्षा ११ मा अध्ययनरत छात्रा निधी पाण्डेय प्रथम भएकी हुन । उनले नगद १५ हजार र प्रमाण पत्र पनि प्राप्त गरिन । त्यस्तै धनगढीको थ्रीस्टार बोडिङ्ग स्कुलकी रेखा ओझा दृतिय भएकी छन भने डिस्कभरी बोडिङ्ग स्कुल धनगढीका निरज सिंंह जाग्रीले तेश्रो स्थान हाँसिल गरेका छन । रेखाले नगद १० हजार तथा निरजले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै माध्यामिक तहको कविता प्रतियोगीतामा एक्सिस विद्याश्रमकै कक्षा ११ का छात्र करन सिंह धामीले दृतिय स्थान हाँसिल गरेका छन । माध्यामिक तहको कविता प्रतियोगीतामा प्रथम स्थान भने एरिष्टो माविका गौरव उपाध्यायले हाँसिल गरेका हुन । त्यस्तै तृतिय स्थान एयाईन्स ईन्टरनेशनल स्कुलका दिनेश फराडा र चैतन्य पाठशालाकी जेनी चौधरी संयुक्त रुपमा तेस्रो भईन् । विजेता सबैले क्रमश : पन्ध्र,दश र पाँच हजार तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै महोत्सवको समापन समारोहमा धनगढी उपमहानगरपािलकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८० सालको आधारभुत तहको वार्षिक परीक्षामा ३.९७ जिपिए प्राप्त गरी नगर स्तरमा प्रथम स्थान हाँसिल गर्न सफल एक्सिस विद्याश्रमकी छात्रा बबिता भुललाई पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा यहि पौष ९ गतेदेखि सञ्चालनमा आएको ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सोमबार अध्यक्ष भीम पडालको सभापतित्वमा तथा प्रदेश सभा सदस्य प्रकाश देउवाको प्रमुख आतिथ्यतामा समापन भएको हो ।