You are currently viewing सनिबार सुदूरपश्चिम आउँदै – प्रचण्ड / @PuspakamalDahalParchand

सनिबार सुदूरपश्चिम आउँदै – प्रचण्ड / @PuspakamalDahalParchand

पौष १२,धनगढी : पुर्व प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ( प्रचण्ड )भोली शनिबार कञ्चनपुरको पुनर्वास आउने भएका छन । माओवादी केन्द्र कञ्चनपुरले पुनर्वासको प्रतिभानगरमा गर्न लागेको भ्रष्टाचार विरुद्धको खबरदारी सभा सम्बोधनका लागि प्रचण्ड पुर्नवास आउन लागेका हुन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाटले शनिबार आयोजना गरिने सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । नेता सरलले सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । ५ महिना अघि सरकारबाट बाहिरिएपछि प्रचण्ड देशका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट तथा भ्रष्टाचार विरुद्धका  सभाहरुलाई सम्बोधन गर्दै आएका छन ।

Leave a Reply