You are currently viewing सम्पादकीय…….हेलो सुदूरपश्चिम सरकार ! च्याम्पियन टोलीलाई पुरस्कार घोषणामा ढिलाई किन ?

सम्पादकीय…….हेलो सुदूरपश्चिम सरकार ! च्याम्पियन टोलीलाई पुरस्कार घोषणामा ढिलाई किन ?

कार्तिक २४,धनगढी : यहि कार्तिक १० गतेदेखि २१ गतेसम्म विराटनगरमा सम्पन्न नरेश श्रेष्ठ मेमोरियल यु१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशमाथि ८ रनको शनसनीपूर्ण जित निकाल्दै सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको छ । सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको यो पहिलोपटक भने होइन । सन २०२२ मा सम्पन्न यु१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा पनि लुम्बिनी प्रदेशलाई नै पराजित गर्दै सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको थियो । युवा खेलाडीहरुले कोशी प्रदेशको विराटनगरमा सुदूरपश्चिम प्रदेश नाम रोशन गर्न कुनै कसर बाँकी राखेनन् ।

घामपानी,भोक,प्यास,थकाइ केहि नभनी देशका छ वटै प्रदेशका खेलाडीहरुसँग कडा मुकाबिला गर्दै आफ्नो प्रदेशलाई च्याम्पियन बनाइ छाडे । किनकी युवाहरुमा जोस,जाँगर र आफ्नो माटो र प्रदेशप्रतिको माया थियो । लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएपनि त्यसपछि लगातार पाँच खेल र फाइनलमा लुम्बिनी प्रदेशलाई नै हराउँदै दोश्रोपटक टिम च्याम्पियन भएको छ ।

विराटनगरमा सम्पन्न नरेश श्रेष्ठ मेमोरियल यु१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशमाथि ८ रनको शनसनीपूर्ण जित निकाल्दै च्याम्पियन बनेको टिम सुदूरपश्चिम

खेलाडीहरुलाई ठाउँ ठाउँबाट बधाइ दिइरहेका छन । शुक्रबार गृहक्षेत्र फर्किनेक्रममा सुदूरपश्चिमेली समाज बुटवलले च्याम्पियन युवा टोलीलाइ नगद सहित सम्मान गरेको छ । सुदूरपश्चिमेलीहरुको एकता र टिमले देखाएको प्रर्दशनको चौतर्फी प्रंशसा भैरहेको छ । तर जुन प्रदेशको प्रतिनिधित्व गर्दै मैदानमा कडा मिहिनेत गरेर ट्रफी भित्रिएको छ,प्रदेशको नाम थप रोशन गरको छ सो प्रदेशको सरकारले यो जीतमा कुनैपनि किसिमको प्रतिक्रिया जनाएको छैन । मानौं उ अञ्जान छ,सरकारमा बसेका मान्छेहरु अनविज्ञ छन । होइन भने यतिबेलासम्म प्रदेश सरकारले प्रेस विज्ञप्ती मार्फत क्रिकेट खेलका माध्यमबाट आफ्नो प्रदेशको नाम देशैभरी फैलाएका खेलाडी र खेल पदाधिकारीको नाममा पुरस्कार घोषणा गरिसक्नुपर्ने हो । खेलाडीहरुलाई सामाजिक सञ्जाल मार्फत भए नी बधाइ दिनुपर्ने हो तर अहिलेसम्म न सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालय न कुनै स्थानीय तह कसैले पनि खेलाडीहरुलाई प्रोत्साहान हुने कुरा न लेखेका छन न हौसला स्वरुप कुनै रकम घोषणा गरेका छन ।

 

सम्पन्न प्रतियोगीताका उत्कृष्ट प्रर्दशन गर्दै सुदूरपश्चिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका एक खेलाडीले नाम नभन्ने सर्तमा भने ७ वर्षदेखि प्रदेशका लागि निरन्तर खेलिरहेको छु,घरमा बुढा बाआमा छन,दैनिक वहाँहरुको लागि औषधी किन्नुपर्छ,क्रिकेटमै भविष्य देखेर सुरुमा यतै हाम फालियो अब मलाई तातो दुध निल्नु न ओकेल्नु भाछ ,हरेक पटक प्रतियोगीता जितेर आउँदा बाआमा केहि पुरस्कार पाइस की छोरा भन्नुहुन्छ म मुख छोपेर रुने गर्छु अब मैले के गर्नेहोला ? सायद खेल जिवनबाट पलायन नै हुन्छु की ? नाम नभन्ने सर्तमा च्याम्पियन टिम सुदूरपश्चिमका एक सदस्यले भनेको कुरा हो यो ।

दुइ महिना अगाडी काठमाण्डौंमा सम्पन्न काभा सेण्ट्रल जोन महिला भलिबलको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता टिम नेपाललाई नेपाल सरकारले पुरस्कृत गर्यो,साथै काठमाण्डौं महानगरपालिकाले पनि उपविजेता टिमलाई जनही एक एक लाख प्रदान गर्यो,केहिदिन अघिमात्रै काठमाण्डौंमा सम्पन्न सातौं संस्करणको साफ महिला फुटबल प्रतियोगीताको उपविजेता टिम नेपाललाई प्रधानमन्त्रीले दिवा भोज नै गराएर प्रत्येक खेलाडी र अफिसियललाई नगद तीन तीन लाख दिने घोषणा गरे । काठमाण्डौं महानगरपालिकाले त खेल सकिएकै राती नेपाली टोलीलाई भेटेर हौसला दिदै नगद २५ लाख प्रदान गर्यो । राष्ट्रिय क्रिकेट टिमलाई सरकारले पटकपटक पुरस्कृत गर्दै आएको छ । यो कार्यको खेलप्रेमी सबैले तारिफ गरे सरकार र महानगरलाई धन्यवाद दिए । तर संघियता कार्यान्वयनको एक दशक आसपास पुग्दापनि सुदूरपश्चिम प्रदेशका खेलाडीलाई भने संघियताको आभास भएको छैन ।

शुक्रबार गृहक्षेत्र फर्किनेक्रममा सुदूरपश्चिमेली समाज बुटवलले च्याम्पियन युवा टोलीलाइ नगद सहित सम्मान गरेको छ ।

प्रदेश सरकारले आफ्नो प्रदेशका खेलाडीहरुको भविष्यबारे सोचेको देखिदैन । सरकार र खेलसँग सरोकार राख्ने निकाय अनुदार हुँदा प्रदेशबाट खेल्ने मन हुँदाहुँदैपनि आज हरेक वर्ष विभिन्न खेलका दर्जन बढी खेलाडी कर्णाली,बाग्मती प्रदेश हुँदै विभागिय टिममा जान बाध्य छन । यस्तै अवस्था रहे कुनैदिन प्रदेशबाट खेल्ने खेलाडी निल हुन सक्छन त्यसपछि पछुतो मान्नु बाहेक अरु केहि हुनेछैन । खासमा आफ्नो प्रदेशको गरिमा बढाएका खेलाडीहरुलाई निजी क्षेत्रले पनि सम्झिनुपर्ने हो ,हौसला स्वरुप खेलाडीको नाममा पुरस्कार घोषणा गर्नुपर्ने हो यसमा नीजि क्षेत्रले पनि ध्यान दिएको देखिदैन । टिम एकपटक हैन दुई दुइपटक च्याम्पियन बनेको छ । सुदूरपश्चिम लागि ज्यानको बाजी लगाएर खेलाडीहरुले खेलिरहेका छन,नजिता दिइरहेका छन । प्रदेश सरकारले अब युवा खेलाडीहरुलाई पुरस्कार घोषणामा ढिलाइ गर्नुहुन्न ।

माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यू तपाइ सुदूरपश्चिमेलीहरुको अभिभावक हो,गार्जेन हो,सक्नुहुन्छ भने एकदिन च्याम्पियन टिमका सदस्यहरुलाई बोलाएर सँगै भोजनको व्यवस्था गर्नुहोस् ,खेलाडीहरुसँग केहि समय बिताएर उनीहरुका कुरा सुन्नुहोस,गाहृो,अप्ठ्यारो र खेलको दौरान भएका रमाइला क्षणहरु सोधेर खेलाडीहरुलाई हौसला दिनुहोस,प्रदेश सरकारले जति सक्छ खेलाडीको नाममा पुरस्कार रकम घोषणा गर्नुहोस यस्ले तपाइ र प्रदेश सरकारप्रति खेलाडीहरुले अपनत्व महशुस गर्नेछन । तपाइको गरिमा पनि बढ्नेछ । प्रदेशवासीले पनि यसको प्रशंसा नै गर्नेछन ।

माननीय मुख्यमन्त्री यस च्याम्पियन टोलीमा दुइ खेलाडीले नेपाल ए टिमबाट खेलिसकेका छन । ३ जना यु १६ प्रतियोगीतमा विदेशमा समेत सहभागी भै नेपाललाई च्याम्पियन बनाएका खेलाडी छन । ३ जना खेलाडी नेपाल प्रिमियर लिगमा सहभागी हुँदैछन । यस्तो सम्भावना भएका खेलाडीहरुलाई तपाइ यो समयमा पनि हौसला दिनुभएन भने उनीहरु निराश हुनेछन,अर्कोपटक प्रदेशको प्रतिनिधित्व गर्दा जसरी अहिले खुलेका छन त्यसरी नखुल्न पनि सक्छन ।

अनि प्रदेश भरीका स्थानीय तहहरुले पनि सक्दो खेलाडीलाई हौसला दिनुहोस् । तपाइ नजिकको सरकार हो,खेलाडीहरुसँग सबैभन्दा नजिकबाट ठोकिने तपाइ नै हो । बरु एक महिना कार्यकर्तालाई दिइने तेलको कुपन बन्द गर्नुहोस् र त्यो रकम खेलाडीलाई दिनुहोस्,खेलाडीलाई छुट्याइने दुइचार लाखले तपाईको ढुकुटी रित्तिने पनि होइन,तपाई खाक पल्टिहाल्ने पनि होइन । र आ आफ्नो पालिकाबाट प्रतिनिधिव्त गरेका खेलाडीहरुलाई बोलाएर फूलमाला र अबिरले रंगाउनुहोस्,प्रोत्सान स्वरुप केहि रकम खेलाडीहरुलाई दिनुहोस् अर्को निर्वाचनमा तिनै खेलाडी गोप्य रुपमा तपाइ बारे सकारात्मक बन्नेछन । तपाइकै पक्षमा माहोल बनाउनेछन ।

जय खेलकुद ! जय सुदूरपश्चिम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply