चैत्र २६,काठमाण्डौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने बताएका छन् । मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे । ‘अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछ,’ उनले भने, ‘राजा बाहेक अरु विकल्प हामीसँग छैन । देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन ।’
उनले गत १५ गते तीनकुनेमा भएको घटनामा आफ्ना पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई निशर्त रिहा गर्नुपर्ने माग राखे। ‘डा धवलशमशेर राणा र रवीन्द्र मिश्र जो बेलायतमा पत्रकारिता गर्ने मान्छे उनी आज आतंक गर्ने मान्छे हुन रु,’ सिंहले भने, ‘यी विद्धान मान्छेलाई उग्र बनाएको तपाईंहरूले हो । निशर्त छाड्नुपर्छ ।’ पार्टीका दुई नेतालाई निशर्त नछाडे निकै महंगो मूल्य चुकाउनुपर्ने चेतावनी उनले दिए ।