२७भाद्र,धनगढीः राष्ट्रिय मानव अधिकार आयोगले अहिलेको अवस्थालाई ध्यानमा राखेर सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकालेको विज्ञप्तिमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा आयोग राष्ट्रपति रामचन्द्र पौडेलसहित सरोकारवाला पक्षसँग सम्पर्कमा रहेको उल्लेख छ ।

‘मानव अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रमतिसमक्ष राखेका छौँ’, आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?