वैशाख २२,धनगढी : अछाम जिल्लाको रामारोसनमा जन्मिएका तीन दाजुभाई प्रहरी संगठन मातहतका तीन वटा कमाण्ड कुशलतापूर्वक सम्हालिरहेका छन । रामारोसन गाउँपालिका वडा नम्बर ४ का देवानन्द न्यौपाने र पारु न्यौपानेका कोखबाट जन्मिएका हुन । न्यौपाने दम्पत्तीका जेठो छोरा सिद्धराज न्यौपाने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पिएसओ छन । उनी प्रहरी नायब उपरिक्षक ( डिएसपी) हुन ।
माइलो छोरा केशर न्यौपाने सल्यान जिल्लाको कमाण्ड सम्हालिरहेका छन । उनी पनि प्रहरी नायब उपरिक्षक हुन । २०७० मा प्रहरी निरिक्षक भएका उनी २०८० मा प्रहरी नायब उपरिक्षकमा बढुवा भएका थिए । कान्छो छोरा मुकेश न्यौपाने २०७६ मा प्रहरी निरिक्षक भए । उनी हाल रुपन्देही जिल्लाको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन । न्यौपाने दम्पत्तीका अन्य सन्तान समेत कम छैनन् । साईलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन भने छोरी कविता चिकित्सक छन । छोरा जागिर गर्छन । छोरी दार्चुला अस्पतालमा कार्यरत छन । न्यौपानेको परिवार अछामबाट कैलाली बसाई सरेको छ । उनीहरु कैलालीको जानकी गाउँपालिका बन्देवीपुरमा बसोबास गर्छन । देवानन्दका बुबाआमा पहिल्यैदेखि सो ठाउँमा बसोबास गर्दै आएका थिए ।