You are currently viewing सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दै छः स्वास्थ्य मन्त्री पौडेल /@PradipPoudel

सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दै छः स्वास्थ्य मन्त्री पौडेल /@PradipPoudel

मंसिर १३,धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् । बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । उनले भने, ‘कोशी अस्पतालमा धेरै बिरामी भए भने बिपी कोइराला अस्पताल धरानमा पुगाउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ । यस्तो किसिमको प्रणाली विकास गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु ।

हामीले अरू स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउन खोजिरहेका छौँ ।’साथै उनले आपसमा समन्वय गरेर उपचार प्रणालिलाई व्यवस्थित गर्न र सिमित स्रोत साधनभित्र प्रभावकारीता बढाउन समेत आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रका कर्मचारिहरूले व्यावसायिक रूपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्न समेत अनुरोध गरे ।

Leave a Reply