You are currently viewing साफमा पाकिस्तानको सहभागिता बारे अझै अन्योल

साफमा पाकिस्तानको सहभागिता बारे अझै अन्योल

असोज २४,धनगढी : साफ महिला च्याम्पियनसिपको सातौं संस्करण अक्टोबर १७ देखि ३० सम्म काठमाडौंमा हुँदैछ, जसमा पाकिस्तानसहित दक्षिण एसियाली फुटबल महासंघ ९साफ० का सबै सात सदस्य देशले खेल्ने पक्का गरेको थियो। पाकिस्तान खेलकुद बोर्ड ९पीएसबी० ले ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० दिन मंगलबार अस्वीकार गरेपछि साफमा पाकिस्तानी टिम आउने अनिश्चित बनेको हो। पाकिस्तान डिफेन्डिङ च्याम्पियन बंगलादेश र कीर्तिमान पाँचपल्टको विजेता भारतसँगै समूह ‘ए’ मा परेको थियो।

तर, पीएसबीले पाकिस्तान फुटबल महासंघ ९पीएफएफ० लाई अनुरोध गर्न ढिलाइ गरेको, पत्रमा नर्मलाइजेसन कमिटीका प्रमुखको हस्ताक्षर नभएको र आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै एनओसी दिन अस्वीकार गर्दै पत्राचार गरेको पाकिस्तानी मिडियाले जनाएका छन्।पाकिस्तानी टिमले यो साफको लागि इस्लामवादमा प्रशिक्षण गरिरहेको छ। उसले १२ अक्टोबरमा नेपाल आउने योजना बनाएको थियो। तर, अब एनओसीबिना पाकिस्तानको साफमा सहभागिता नै अनिश्चित बनेको छ।नेपालले साफ महिला च्याम्पियनसिप लगातार तेस्रोपल्ट आयोजना गर्न लागेको हो। आयोजक टिम नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भुटान छन्। अर्को समूहमा भारत, बंगलादेश र पाकिस्तान छन्।

Leave a Reply