You are currently viewing साफ च्याम्पियनसीपको उपविजेता टिमलाई काठमाण्डौं महानगरद्वारा नगद २५ लाख सहित सम्मान

साफ च्याम्पियनसीपको उपविजेता टिमलाई काठमाण्डौं महानगरद्वारा नगद २५ लाख सहित सम्मान

कार्तिक १५,धनगढी : काठमाण्डौं महानगरपालिकाले सार्तौ संस्करणको साफ च्याम्पियनसीपको उपविजेता टोली नेपाललाई नगद २५ लाख सहित सम्मान गरेको छ । बुधबार खेल सकिना साथ महानगरपालिकाले रु.२५ लाखको चेक हस्तारण गर्नुका साथै साफमा सहभागी सम्पूर्ण खेलाडीहरु र अफिसियलहरुलाई सम्मान गरेको हो । महानगरले काभा महिला भलिबल च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली महिला भलिबल टोलीका प्रत्येक सदस्यहरु र अफिसियलहरुलाई पनि नगद रु १ १ लाख सहित सम्मान गरेको थियो । नगद सहित नेपाली टिमलाई सम्मान गरेपछि काठमाण्डौं महानगरपालिका मेयर बालेन शाहाले फेसबुकमा लेखेका छन ।“देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ । सधै देशलाई यसरीनै मायाले समात्नु होला । नेता र राजनितीले टुक्राएको देशलाई सधै यसरीनै जोड्ने काम गरि राख्नु होला ।”


दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा घरेलु टोलीलाई २ – १ को गोल अन्तरले स्तब्ध पार्दै डिफेण्डिङ च्याम्पियन बंग्लादेशले उपाधि जितेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफमा बंग्लादेश हाबी हुँदै दोश्रो पटक उपाधि रक्षा गर्यो ।

 

Leave a Reply