You are currently viewing साफ महिला च्याम्पियनसिप : दर्जैनौं गोलको अवसर खेर फाल्दै भुटान विरुद्ध पहिलो हाफ बराबरीमा
Photo : ANFA

साफ महिला च्याम्पियनसिप : दर्जैनौं गोलको अवसर खेर फाल्दै भुटान विरुद्ध पहिलो हाफ बराबरीमा

कार्तिक २ काठमाण्डौं: सातौं संस्करणको साफ महिला च्याम्पियनसिपअन्तर्गत पाहुना टोली भुटानविरुद्ध खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहिबेर अगाडी सकिएको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।

Photo : ANFA

घरेलु मैदानमा दशरथ रंगशालामा जारी प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा नेपालले भुटान विरुद्ध केहि उत्कृष्ट अवसर सिर्जना गरेपनि नेपालले गोलमा परिणत हुन सकेन । १३औं मिनेटमा नेपालको पहिलो प्रहार भुटानकी गोलकिपर संगीता मोंगेरले असफल बनाइन् । रश्मिकुमारी घिसिङले करिब १२ यार्डबाट गरेको प्रहार संगीताले पन्च गर्दै बचाउ गरिन्। त्यसपछि पनि उनले र प्रीति राईले केही अवसर बनाएकी थिइन्। तर, सदुपयोग भने गर्न सकिनन्।

नेपाली टिम
अन्जिला तुम्बापो सुब्बा कप्तान तथा गोलकिपर, पूजा राना, अमृता जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बु, रश्मिकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविताराना मगर, अमिशा कार्की

 

Leave a Reply