कार्तिक १४,धनगढी: सातौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल खेलिरहेको घरेलु टोली र डिफेण्डिङ च्यापिम्पयन बंग्लादेशलले पहिलो हाफ ० ० को बराबरी खेलेका छन । अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केहि मौका सिर्जना गरेपनि गोलपोस्टको जाली भने चुम्न सकेनन । खेलकै ५९ सेकेण्डमै बंग्लादेशलको गोल गर्ने प्रयास नेपाली कप्तान तथा किपर एञ्जिलाले बिफल तुल्याइदिइन । पहिलो हाफमा तुलनात्मक रुपमा नेपाल भन्दा बंग्लादेशलले गोल गर्ने अवसर बढी सिर्जना गर्यो ।
बंग्लादेशले सेमिफाइनमा भुटानलाई ७ -१ गोलले पराजित गर्दै फाइनलको टिकट पाटेको थियो भने नेपालले ५ पटकको च्याम्पियन भारतलाई टाइब्रेकरमा ४ -२ ले हराउँदै फाइनल पुगेको हो । २०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपका सबै संस्करण खेलेको नेपाल ६ पटक फाइनल पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यस्तै १९९३ मा सुरु भएको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि पनि नेपालले जित्न सकेको छैन । प्री म्याच कन्फ्रेन्समा नेपाली कप्तान एन्जिलाले यसपटक पनि हामीले उपाधि जित्न सकेनौं भने हामीलाई यस्तै अवसर आउन अझै ५ / १० वर्ष लाग्ने बताएकी छिन । आशा गरौं यसपटक घरेलु टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ र घरेलु मैदानमा उपाधि रक्षा गर्दै इतिहास रच्नेछ नेपाली टिमलाई हाम्रो पनि शुभकामना ।