कार्तिक १४,धनगढी :दशरथ रंगशालामा खचाखच भरिएका दर्शकका बीच साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । प्रिती राइको पासमा वान भर्सेज वानमा नेपालकी अमिशा कार्कीले गोल सुन्दर गोल गरेकी हुन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।
बंग्लादेशले सेमिफाइनमा भुटानलाई ७ -१ गोलले पराजित गर्दै फाइनलको टिकट पाटेको थियो भने नेपालले ५ पटकको च्याम्पियन भारतलाई टाइब्रेकरमा ४- २ ले हराउँदै फाइनल पुगेको हो । २०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपका सबै संस्करण खेलेको नेपाल ६ पटक फाइनल पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यस्तै १९९३ मा सुरु भएको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि पनि नेपालले जित्न सकेको छैन । प्री म्याच कन्फ्रेन्समा नेपाली कप्तान एन्जिलाले यसपटक पनि हामीले उपाधि जित्न सकेनौं भने हामीलाई यस्तै अवसर आउन अझै ५ / १० वर्ष लाग्ने बताएकी छिन । आशा गरौं यसपटक घरेलु टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ र घरेलु मैदानमा उपाधि रक्षा गर्दै इतिहास रच्नेछ नेपाली टिमलाई हाम्रो पनि शुभकामना ।