५ साउन, २०८२ : साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशसँगको निर्णायक खेलमा नेपाल पहिलो हाफमा एक गोलले पछाडि छ । बंगलादेशले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ

। खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् । नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ ।

नेपालले यसअघि बंगलादेशसँगको पहिलो खेलमा ३-२ गोलअन्तरको हार व्यहोरेको थियो । त्यसकारण बंगलादेश अपराजित रहँदै उपाधि जित्न दाबेदारको रूपमा छ ।हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले खेलेको पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।

नेपालले भुटान र श्रीलंकालाई दुई-दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?