You are currently viewing सामाजिक सञ्जाल सञ्चालनको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

सामाजिक सञ्जाल सञ्चालनको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

२३ भाद्र,२०८२ः सामाजिक सञ्जाल सञ्चालनको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार महेन्द्रनगरमा युवाहरूले सरकारले सामाजिक सञ्जाल फुकुवा हुनुपर्ने मागसहित विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गर्दै नागरिक स्वतन्त्रता कायम गरिनुपर्ने माग राखेका छन् । प्रदर्शनमा सहभागी जानकी जोशीले देशको विभिन्न क्षेत्रमा हुने अनियमित्ता, भ्रष्टाचारबारे सामाजिक सञ्जालबाट युवाहरूले खबरदारी गर्दै आएकाले सामाजिक सञ्चाल बन्द गरिँदा भ्रष्टाचार मौलाउने बताएका छन् ।

विगतमा सामाजिक सञ्जालबाट खबरदारी गरिँदै आए पनि अहिले सामाजिक सञ्जाल बन्द भएपछि त्यसविरुद्ध आफूहरू सडकमा आएको प्रदर्शनमा सहभागी सुरज श्रेष्ठले बताए । पछिल्लो समय प्रविधिको विकास क्रमसँगै विज्ञानमा आएको विकासलाई अनुशरण गर्नु पर्नेमा सरकारले सामाजिक सञ्जाल बन्द गरेको भन्दै आफूहरू विरोधमा उत्रिएको युवाहरूले बताएका छन् ।

सरकारले सामाजिक सञ्जाल सुचारु नहुन्जेल प्रदर्शन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् । फेसबुक, इन्स्टा, ह्वाट्सएप सञ्चालक कम्पनी मेटाले नेपालमा सामाजिक सञ्जाल फेसबुक दर्ता गर्न नमानेपछि सरकारले गत साता फेसबुक लगायतका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply