You are currently viewing सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा सुरक्षित

सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा सुरक्षित

२५ भाद्र,२०८२ः जेन जी’ प्रदर्शनकारीले आगजनी गरेका मुख्य प्रशासनिक भवन सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा भने सुरक्षित रहेको छ ।
सिंहदरबारभित्र रहेको विभिन्न सरकारी निकाय र सर्वोच्च अदालतको डिजिटल तथ्याङ्क (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय कम्प्युटर इन्जिनियर दीपेन्द्र रौनियारले जानकारी दिएका छन्।


आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआरसी (डिजास्टर रिकभरी केन्द्र) पनि पूर्णतः सुरक्षित रहेको रौनियारले बताए । नेपाली सेना र स्थानीयवासीले पनि सुरक्षा दिएकाले हिजोको आगजनीको प्रयासबाट सुरक्षित रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply