सिनियर टोलीसँग खेलाएर एसियन कप छनोटको तयारी गराउँदै एन्फा

२७ श्रावण,२०८२ः नेपाली सिनियर राष्ट्रिय टोली र यु–२३ पुरुष टोलीबीच मैत्रीपूर्ण खेल भएको छ।

अखिल नेपाल फुटबल संघ(एन्फा )ले बन्द प्रशिक्षणमा बोलाइएका दुई टोलीका खेलाडीलाई मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेलाएको हो। सिनियर राष्ट्रिय टोलीले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रङ्गगशालमा दुई मैत्रीपूर्ण खेल खेल्ने तय छ। अर्को टोलीले भने ताजकिस्तान हुने एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिता खेल्ने छ। नेपाल समूह ‘के’ मा छ। यो समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्स छन्।

वरीयतामा आफूभन्दा माथि रहेका टोली भए पनि नेपाल सामान्य अभ्यासकै भरमा छनोट खेल्न ताजकिस्तान जाने अखिल नेपाल फुटबल संघ (एन्फा ) प्रवक्ता सुरेश शाहले  बताए। उनका अनुसार   , यु–२३ टोलीमा भएका अधिकांश खेलाडी सिनियर टोलीमा रहेका कारण छुट्टै मैत्रीपूर्ण खेलबिनै ताजकिस्तान जाने  जाने छन्। यस छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्। प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन्। आयोजक राष्ट्र साउदी भने सिधैं छनोट भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top