You are currently viewing सुदूरपश्चिमका पाँच उत्कृष्ट किसान पुरस्कृत

सुदूरपश्चिमका पाँच उत्कृष्ट किसान पुरस्कृत

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाँच जना उत्कृष्ट किसानलाई भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । मंगलबार मन्त्रालयमा आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाबाट छनोट भएका पाँच जना किसानलाई पुरस्कृत गरेको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का केरा व्यवसायी किसान अर्जुन जेठाराले सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । जेठारालाई प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले एक लाख ५० हजार राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर पुरस्कृत गर्दै सम्मान गरेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ का मौरीपालक किसान किरणपाल भारतीले उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । भारतीलाई ७५ हजार रुपैयाँ राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।डोटीको आदर्श गाउँपालिकाका मुकुन्द अवस्थी, अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का कुलबहादुर साउद र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की भैँसीपालक किसान सरस्वती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरेको तीनै जनालाई जनही २५ हजार, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सर्वोत्कृष्ट कृषक पुरस्कार बुुझ्दै केरा व्यवसायी अर्जुन जेठाराले जमिन राम्रो भएमा नेपालमा कृषि कार्य भन्दा उत्कृष्ट अर्को कुनै काम नभएको बताए । देशका विभिन्न ठाउँमा लिएका व्यवसायिक कृषि सम्बन्धी तालिमले आफूू सफल किसानका रुपमा चिनिएको उनी बताउँछन् । जेठाराले कैलाली र कञ्चनपुरमा करीब ४० बिघा जग्गामा केरा खेती गर्दै आएका छन् ।

‘किसानले रातदिन नभएर कृषि क्षेत्रमा लगानी पनि लगाएको छ । पसिना बगाएको छ । किसान अपहेलित हुनुुपरेको छ । नपढेका नलेखेका व्यक्तिले कृषि पेशा गर्ने हो । बुढापाखाले गर्छन् भन्ने गलत बुुझाई छ,’ थापाले भने, ‘तर अहिले पढेलेखेका युवाहरुलाई व्यवसायिक रुपमा कृषिमा आइरहनुभएको छ । यो सबैले सिक्नेपर्ने महत्वपूर्ण कुरा हो । मुलुकमा केही छैन भन्नेहरुका लागि उदाहरणीय काम गर्नुुभएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply