वैशाख २२,धनगढी : भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सँग भेटवार्ता गरेका छन । सोमबार मुख्यमन्त्री शाहले समकक्षी योगीसँग लखनउमा भेटवार्ता गरेका हुन् ।
भेटका विषयमा भएको कुराकानी भने सार्वजनिक गरिएको छैन । भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग पनि भेटवार्ता गरेका थिए । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गतेदेखि भारतको औपचारिक भ्रमणमा छ । मुख्यमन्त्री शाह नेतृत्वको टोली सोमबार नै नेपाल फर्किने कार्यक्रम रहेको छ ।