You are currently viewing सुदूरपश्चिमका सचिन भट्टले उत्कृष्ट बलिङ गर्दा गण्डकी १०२ रनमै समेटियो

सुदूरपश्चिमका सचिन भट्टले उत्कृष्ट बलिङ गर्दा गण्डकी १०२ रनमै समेटियो

कार्तिक १५,धनगढी : विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका सचिन भट्टले उत्कृष्ट बलिङ गर्दा गण्डकी प्रदेश १०२ रनमै समेटिएको छ । टस जितेर पहिला गर्ने निर्यण गरेको गण्डकी ३६.५ ओभरमै अलआउट भयो । गण्डकीका लागि कप्तान अर्जुन कुमालले ३५ तथा चिब्रिन श्रेष्ठले २५ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन ।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिम प्रदेशका सचिन भट्टले उत्कृष्ट बलिङ गरे ८.५ ओभर बलिङ गरेका सचिनले ३ मेडेन राख्दै मात्र १३ रन खर्चेर ५ विकेट चट्काए । उनले जमेर ब्याटिङ गरिरहेका गण्डकीका कप्तान अर्जुन कुमाल सहित थप ४ ब्याट्सम्यानलाई पवेलियन फर्काए । त्यस्तै युवराज खत्रीले पनि गण्डकी विरुद्ध उत्कृष्ट बलिङ गरे । खत्रीले ७ ओभर बलिङ गर्दे १ मेडेन राखेर २३ रन खर्चदै २ विकेट लिए । कप्तान हेमन्त धामीको नाममा पनि २ विकेट रहन गयो । विकेट विहिन रहेपनि नरेन साउँद र अशोक धामीले किफायति बलिङ गरे । १०३ रनको झिनो लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमले पनि खराब सुरुवात गरेको छ । ४ ओभरको खेल सकिदा सुदूरपश्चिमले २ विकेट गुमाउँदै मात्र ६ रन जोडेको छ ।

 

Leave a Reply