कार्तिक १५,धनगढी : विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशले लगातार दोश्रो जित निकालेको छ । १०३ रनको झिनो लक्ष्य पाएको सुदूरपश्चिमले २६ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पहिलो खेलमा लुम्बिनी प्रदेशसँग ४१ रनले पराजित भएको सुदूरपश्चिम प्रदेशले दोश्रो खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराएको थियो । मंगलबार सम्पन्न तेश्रो खेलमा गण्डकी प्रदेशलाई पनि ५ विकेटले नै पराजित गर्दै सुदूरपश्चिम प्रदेशले उत्कृष्ट पुनरागमन गरेको छ । टस जितेर पहिला गर्ने निर्णय गरेको गण्डकी ३६.५ ओभरमा १०२ रनमै अलआउट भयो । गण्डकीका लागि कप्तान अर्जुन कुमालले ३५ तथा चिब्रिन श्रेष्ठले २५ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन । गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिम प्रदेशका सचिन भट्टले उत्कृष्ट बलिङ गरे ८.५ ओभर बलिङ गरेका सचिनले ३ मेडेन राख्दै मात्र १३ रन खर्चेर ५ विकेट चट्काए । उनले जमेर ब्याटिङ गरिरहेका गण्डकीका कप्तान अर्जुन कुमाल सहित थप ४ ब्याट्सम्यानलाई पवेलियन फर्काए । त्यस्तै युवराज खत्रीले पनि गण्डकी विरुद्ध उत्कृष्ट बलिङ गरे । खत्रीले ७ ओभर बलिङ गर्दे १ मेडेन राखेर २३ रन खर्चदै २ विकेट लिए । कप्तान हेमन्त धामीको नाममा पनि २ विकेट रहन गयो । विकेट विहिन रहेपनि नरेन साउँद र अशोक धामीले किफायति बलिङ गरे ।
१०३ रनको झिनो लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमले पनि खराब सुरुवात गरेको थियो । ४ ओभरको खेल सकिदा सुदूरपश्चिमले २ विकेट गुमाउँदै मात्र ६ रन जोड्न सकेको थियो । ओपनर अभिषेक थापाले ७ बलको सामना गर्दा खाता नखोली पवेलियन फर्किए भने प्रकाश पाण्डेले २४ बल सामना गर्दा ४ रन मात्र बनाउन सके । २ बल सामना गरेका नरेन भटटले खाता नै खोल्न सकेनन । सुदूरपश्चिमको पारी आशिष लुहारले केहि उकासे । ३५ बल सामना गरेका आशिषले ४ छक्का र २ चौकाको मदद्तले ३९ रनको महत्वपूर्ण पारी खेले । ८ बल सामना गरेका दिपक रोकायाले मात्र १ रन बनाउन सके । आफूलाई अलराउण्डर सावित गरिरहेका युवराज खत्रीले उत्कृष्ट ब्याटिङ गरे ५३ बल सामना गरेका खत्री २७ रनमा अविजित रहे भने नरेन साउँदले २० रनको अविजित पारि खेले । गण्डकीका लागि अपरिचित पौडेले ३ तथा किरन भट्राई र सिब्रिन श्रेष्ठले १ / १ विकेट लिए ।
सुदूरपश्चिम अंकतालिकाको दोश्रो स्थानमा उक्लियो
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशले लगातार दोश्रो जित निकाल्दै अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशसँग ४१ रनले पराजित भएको सुदूरपश्चिम प्रदेशले दोश्रो खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराएको थियो । मंगलबार सम्पन्न तेश्रो खेलमा गण्डकी प्रदेशलाई पनि ५ विकेटले नै पराजित गर्दै सुदूरपश्चिम प्रदेशले उत्कृष्ट पुनरागमन गरेको छ । आजको जितसँगै सुदूरपश्चिम अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । ३ खेलमा शत प्रतिशत नतिजा निकालेको लुम्बिनी प्रदेश ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । अब सुदूरपश्चिम प्रदेशले तीन खेल खेल्न बाँकी छ । कार्तिक १६ गते मधेश प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ भने कार्तिक १८ गते बाग्मती तथा लिग चरणको अन्तिम खेल कार्तिक १९ गते कोशी प्रदेशसँग खेल्नेछ । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ ओटै प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
अंक तालिका :