सुदूरपश्चिमेली नेपाली समाज इजरायलद्वारा महेन्द्र मा वि. खलंगा, दार्चुलामा अवस्थित अनाथ तथा टुहुरा विद्यार्थी छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरिएको छ।

सहयोग कार्यक्रममा छात्रावासमा बसोबास गर्दै अध्ययनरत विद्यार्थीहरूलाई जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडासहित विभिन्न खेलकुद सामग्री प्रदान गरिएको हो। साथै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै उच्च GPA ल्याउने दुई जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप छात्रवृत्ति समेत प्रदान गरिएको छ। उक्त कार्यक्रम सुदूरपश्चिमेली नेपाली समाज इजरायलका दार्चुला जिल्ला संयोजक मंगल सिंह धामीको पहलमा सम्पन्न भएको हो भने विद्यालयसँग समन्वय नेपाल संयोजक अनिता शाहले गर्नुभएको थियो।

सुदूरपश्चिमेली नेपाली समाज इजरायलका अध्यक्ष कृष्ण बहादुर चौधरीले समाजले आगामी दिनमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा यस किसिमका सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय स्तरमा गरिएका यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै शिक्षामा निरन्तरता दिन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?