जेठ २९,धनगढी : सुदूरपश्चिम खेलकुद परिषदको सदस्य सचिवमा लोक बहादुर खड्का ( रवि ) नियुक्त भएका छन । २०७७ सालमा ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त भएका दिपक बहादुर सिंहको २०८१ चैत्र ९ गते कार्यकाल सकिएपछि पछिल्लो तीन महिनायता सदस्य सचिवको पद रिक्त थियो ।

सामाजिक विकास मन्त्रालयको सिफारिसमा सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको बैठकलले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको हो । खड्कालाई आजै सपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ ।
खेलकुदमय परिवारबाट हुर्किएका खड्का फुटबल र हक्कीका पूर्व राष्ट्रिय खेलाडी हुन । उनले फुटबल र हक्कीमा राष्ट्रिय प्रतियोगीता खेलेका थिए । कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष समेत रहेका खड्कासँग तत्कालिन क्रिकेट विकास समितिमा कोषाध्यक्ष भएर पनि काम गरेको अनुभव छ । उनी अहिले पनि खेलकुदजन्य गतिविधिमा सकृय भएर काम गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?