You are currently viewing सुदूरपश्चिम प्रदेश जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको फाईनलमा /@GaurigangaFootball

सुदूरपश्चिम प्रदेश जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको फाईनलमा /@GaurigangaFootball

धनगढी, फागुन ११: सुदुरपश्चिम प्रदेश कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको पाचौं दिन भएको पहिलो सेमिफाईनलमा जित हात पार्दै सुदुरपश्चिम प्रदेश फाईनलमा पुगेको हो ।

पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै सुदुरपश्चिम प्रदेश उपाधि नजिक पुगेको हो । सुदुरपश्चिमलाई फाईनल पुराउन सुदुरपश्चिमका श्याम विनाडीले निर्णायक गोल गरे । उनले खेलको ४५ औं मिनेटमा गोल गरेका हुन् । सुदुरपश्चिम प्रदेशलाई फाईनल पुराउन उत्कृष्ट खेल प्रदर्शन गरेका सुदुरपश्चिम प्रदेशका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाए ।


भेली दोस्रो सेमिफाईनलमा लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले अब फाईनल प्रवेशका लागि बागमति प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल फागुन १४ गते महाशिवरात्रीका दिन हुनेछ ।

 


प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टीम अथवा प्रदेशको क्लबको सहभागीता प्रतियोगितामा रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply