मंसिर २२,धनगढी : सुदूरपश्चिम प्रदेश फुटबल सघंको आयोजनामा आजबाट धनगढी रंगशालामा सुरु भएको सुदूरपश्चिम प्रदेश लिगमा कैलालीको विजय स्पोर्ट्स क्लब विजयी भएको छ । विजय स्पोर्ट्स क्लब कैलालीले अरनीको युवा क्लब कञ्चनपुरलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । होम एण्ड अवेका आधारमा खेलाइने सो प्रतियोगिता मङ्सिर २५ गते समापन हुनेछ । प्रतियोगीताको फाइनल खेल मंसिर २५ गते कञ्चनपुरको पुर्नवासमा रहेको अरनिको मैदानमा सम्पन्न हुने सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । प्रतियोगीताको विजेता टोली अखिल नेपाल फुटबल संंघले आयोजना गर्ने अघिल्लो चरणका प्रतियोगीतमा सहभागिता जनाउन पाउनेछ ।
सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा एन्फा केन्द्रीय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल प्रमुख अतिथि रहेका थिए । त्यस्तै फुटबलसँग सरोकार राख्ने अन्य व्यक्तिहरु अतिथिहरुको रुपमा रहेका थिए ।