You are currently viewing सुदूरपश्चिम प्रदेश स्तरीय काव्यगाेष्ठी सम्पन्न 

सुदूरपश्चिम प्रदेश स्तरीय काव्यगाेष्ठी सम्पन्न 

कैलाली । प्रगतिशील लेखक सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयाेजनामा कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरीय काव्यगाेष्ठी सम्पन्न गरिएको छ । प्रलेस सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश पन्त मीतबन्धुकाे अध्यक्षतामा प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया कैलालीको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रलेस केन्द्रीय सदस्य तिलक बहादुर सिंह प्रमुख अतिथि रहेका थिए । प्रदेश उपाध्यक्ष काेपिला शर्मा कल्पले सहभागीहरूलाई स्वागत गरेको कार्यक्रममा प्रलेसका निवर्तमान केन्द्रीय सचिव बाबुराम आचार्य विशिष्ट अतिथि रहेका थिए भने गाेष्ठीकाे सञ्चालन प्रदेश सचिव सिर्जन श्रीले गरेका थिए । साहित्य सिर्जनाको माध्यमबाट जनचेतना अभिवृद्धि गर्दै जनताको पक्षमा कार्य गर्न शासकवर्गलाई खबरदारी गरिरहने प्रलेसले अत्तरियामा पहिलोपटक प्रदेश स्तरीय काव्यगाेष्ठी गरेर राम्रो कार्य गरेकाे सहभागीहरुले बताएका थिए । कार्यक्रममा करिब दुई दर्जन स्रष्टाहरुले गीत, गजल, कविता तथा मुक्तक प्रस्तुत गरेका थिए । गाेष्ठीमा साहित्यकारहरु नारायण लम्साल, प्रजापति नेगी, सत्यराज जाेशी, जगदीश ओझा, कविराज भट्ट, काेपिला शर्मा, तिर्थराज जाेशी, बाबुराम आचार्य, तिलक सिंह, बबिता कार्की, हिमाल शाही, सिर्जन श्री, खिमानन्द बडू, पदम प्रकाश साउद, ओमप्रकाश पुन लगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए । प्रदेश उपाध्यक्ष जगदीश ओझाकाे संयाेजकत्वमा सम्पन्न कार्यक्रममा प्रलेसले रचना वाचन गर्ने स्रष्टा कविहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान समेत गरेको थियाे । सभाध्यक्ष मीतबन्धुले कार्यक्रममा प्रस्तुत काव्यहरुमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रलेसले जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा अझबढी सशक्त भएर अगाडि बढ्नुपर्ने कुराप्रति जाेड दिएका थिए । दिउँसो २ बजेदेखि शुरु भएको कार्यक्रम दुई घण्टासम्म चलेको थियाे ।मीतबन्धुले प्रतिभा पुस्तकालय र सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

Leave a Reply