You are currently viewing सुदूरपश्चिम महोत्सवको म्याद ४ दिन थपियो / @SudurpaschimMahotsab2081

सुदूरपश्चिम महोत्सवको म्याद ४ दिन थपियो / @SudurpaschimMahotsab2081

पौष १,धनगढी: धनगढीमा संचालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ । धनगढीमा जारी १८औं संस्करणको सुदूरपश्चिम महोत्सवको म्याद थप भएको छ । मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ ।

महोत्सव आयोजक कैलाली उद्दोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले महोत्सवको समय चार दिन थप गरिएको बताए । महोत्सव समापन हुने दिन शनिबार पर्छ ।कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आइरहेको छ । यसवर्ष ५०० ओटा व्यवसायिक स्टल राखिएका छन । ३ करोड लगानीमा आयोजना भैरहेको महोत्सवमा यसपटक १५ करोड बराबरको आर्थिक कारोबार हुने कैलाली उद्दोग वाणिज्य संघले जनाएको छ ।

Leave a Reply