मंसिर २,धनगढी : नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्समा आबद्ध खेलाडीहरु गृहक्षेत्र धनगढी आइपुगेका छन । टिमका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,अभिनास बोहरा,अमित श्रेष्ठ,इशान पाण्डेय केहिबेर अगाडी आइपुगेका छन भने विनोद भण्डारी,नरेश बुढाऐर,खडक बोहरा,भोजराज भट्ट लगायतका खेलाडी गृहक्षेत्रमै थिए । त्यस्तै टोलीमा आबद्ध नरेन साउँद र नरेन भट्ट यु-१९ राष्ट्रिय टोलीमा छनोट भएका कारण यतिबेला भारतको कर्णाटकमा अभ्यास खेल खेलिरहेका छन ।
यता सुदूरपश्चिमबासीले सुदूरपश्चिम रोयल्सको टोलीलाई गृहक्षेत्रमा भव्य स्वागत गर्ने तयारी गरेको छ । केहिदिनदेखि धनगढीमा रहेको सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोलीले प्रदेश सरकारका प्रतिनिधि लगायत खेल क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा दिनेदेखि अन्य प्राविधिक काम सकिसकेको सुदूरपश्चिम रोयल्सको मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । सोमबार बिहान ९ बजेदेखि धनगढीको चौराहाबाट हुड्केउली बाजागाजा सहित सुरु हुने र्याली धनगढी रंगशालामा आएर परिचयात्मक कार्यक्रम गरि समापन हुनेछ । र्यालीमा सुदूरपश्चिम रोयल्सका खेलाडी,टिम व्यवस्थापक,नेपाल क्रिकेट संघ क्यानका संघ,प्रदेश र जिल्लाका प्रतिनिधि लगायत हजारौंको संख्यामा शुभेच्छुकरु शसभागी रहने सुदूरपश्चिम रोयल्सले जनाएको छ ।
त्यस्तै धनगढी रंगशालामामा समापन हुने र्यालीमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको पनि उपस्थिति रहने सुदूरपश्चिम रोयल्सकाका टिम मालिक स्वतन्त्र प्रताप शाहले जानकारी दिए । शाहले लगानी आफूले गरेपनि खेलका माध्यमबाट समग्र सुदूरपश्चिमबासीको भावना जोडिने गरी काम गरिरहेको भन्दै धनगढीमा उपलब्ध सम्पूर्ण सुदूरपश्चिमेलीहरुलाई र्यालीमा सहभागी भएर सुदूरपश्चिम रोयल्सको हौसला बढाइदिन आग्रह गरेका छन ।