१५ भाद्र ,२०८२ः आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
आज राति पनि मौसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँ र अन्य प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक÷दुई ठाउँमा आज राति ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।
गएराति पनि लमजुङको राइनासटारमा ठूलो पानी परेको थियो । राइनासटारमा पछिल्लो २४ घण्टामा एक सय २४.४ मिलिमिटर वर्षा मापन भएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?