जेठ २०,धनगढी : कप्तान विपिनप्रसाद शर्माको उत्कृष्ट प्रदर्शनप्रेरित कर्णाली प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जित दर्ता गरेको छ । जारी प्रतियोगीतामा कर्णालीको यो पहिलो जित हो भने सुदूरपश्चिमको लगातार दोश्रो हार हो ।

कालिञ्चोक क्रिकेट मैदानमा सुदूपश्चिमले प्रस्तुत गरेको ५६ रनको लक्ष्य कर्णालीले १८।३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि नेत्रविक्रम खत्रीले सर्वाधिक १५ रन बनाए ।

सुदूरपश्चिमका लागि कप्तान सचिन भट्टले तीन तथा सुवोध तिवारी र रवि दमाइले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम १६ ओभरमा ५५ रामै समेटिएको थियो । सुदूपरश्चिमका लागि विक्रम बोहराले २१ रन बनाउनु बोहक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि विपिनले चार ओरभमा दुई मेडनसहित दुई रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी विजय बोहराले तीन तथा नवीन न्यौपानले दुई विकेट लिए । पहिलो खेलमा मधेश प्रदेशसँग पराजित कर्णाली २ खेलबाट २ अंकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम पहिलो खेलमा कोशी प्रदेशसँग पराजित भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?