२५ भाद्र,२०८२ः सुन्धारास्थित केन्द्रीय कारागारमा भएको अराजकतालगत्तै करिब ३३ सय कैदीबन्दी फरार भएका छन्। करिब ३८ सयमध्ये अहिले जम्मा ५ सयजति मात्र कारागारमा बाँकी छन्। भद्रबन्दी गृह र महिला बन्दी गृहमा करिब एक–एक सय, सेन्ट्रल कारागारमा करिब ३ सय कैदी रहेका छन्।

फरार हुनेमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझी पनि समावेश रहेको स्रोतले जनाएको छ। यद्यपि, हालसम्म करिब ५० कैदी स्वेच्छाले कारागार फर्किसकेका छन् भने अझै फर्कने क्रम जारी छ। नख्खु कारागारबाट निस्केका कैदीहरूले राति १० बजे सुन्धारा कारागार तोडफोड गर्दा प्रहरी पछि हटेको र सेना ढिलो पुगेपछि ठूलो संख्यामा कैदी फरार भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?