You are currently viewing सुरक्षाको प्रत्याभूति नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

सुरक्षाको प्रत्याभूति नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

२४ भाद्र,२०८२ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले ‘जेनजी’ समूहले हिजो गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारबाट दमन भएको र अवस्था असहज भएसँगै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।


सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक गाडी सञ्चालन नगर्न÷नगराउन महासङ्घले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले आज एक विज्ञप्ती निकालेर जेनजी समूहविरुद्ध भएको सरकारी दमन र १९ जनाको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको छ । साथै घाइतेको उपचारमा महासङ्घका सबै सदस्यलाई सक्दो सहयोग गर्न समेत महासङ्घले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply