You are currently viewing साइपाल शिक्षा सदनमा आयोजना गरिएको वक्तृत्वकलामा विजेता विद्यार्थीलाई पुरस्कार साहित्यिक पुस्तक

साइपाल शिक्षा सदनमा आयोजना गरिएको वक्तृत्वकलामा विजेता विद्यार्थीलाई पुरस्कार साहित्यिक पुस्तक

फाल्गुन १४,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.७ मा रहेको साइपाल शिक्षा सदन विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार विद्यालयको प्रांगणमा कक्षा ७ का विद्यार्थीहरुले आयोजना गरेको उक्त वक्तृत्वकला प्रतियोगितामा कक्षा ८ कि रेजिना रोकाया प्रथम भएकी छन ।

उनलाई साहित्यकार रामलाल जोशीको बाआमा पुस्तक सहित प्रमाण पत्र र नगद पनि प्रदान गरिएको विद्यालयका शिक्षक नवराज जोशीले जानकारी दिए । जोशीले विद्यार्थीहरुमा साहित्यप्रति रुची जगाउन पुरस्कारको रुपमा पुस्तक प्रदान गरिएको बताए । त्यस्तै द्वितीय हुनेलाई मलाला किताब सहित प्रमाणपत्र र नगद रकम प्रदान गरिएको थियो भने तृतीय हुनेलाई साहित्यकार राज सरगमको छाउघर पुस्तक प्रदान गरिनुका साथै प्रमाणपत्र र नगद रकम प्रदान गरिएको थियो।

साथै उक्त कार्यक्रममा विद्यालयमा कार्यरत दुई जना शिक्षिकाहरुलाई साहित्यमा रुची जगाउने गरी विद्यार्थीहरुलाई अध्यापन गराएको भन्दै धन्यवाद सहित मायाको चिनोको रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उक्त वक्तृत्वकला प्रतियोगिताको सञ्चालन विद्यार्थीहरुले नै गरेका थिए । पछिल्लो समय धनगढीका अधिकांश विद्यालय,संघ संस्था तथा राजनितिक पार्टीका कार्यक्रमहरुमा अतिथिहरुलाई मायाको चिनोको रुपमा अतिथिहरुलाई पुस्तक उपहार दिने प्रचलन बढ्दै गैरहेको छ ।

Leave a Reply