कार्तिक १३,धनगढी : विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा स्कटल्याण्ड विरुद्ध टस जित्दै नेपाल पहिला बलिङ गर्ने भएको छ ।अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।
विश्व कप लिग टु अन्तर्गत तेस्रो सिरिज खेलिरहेको नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग टु मा नेपाल ९ खेलमा ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अंकका साथ सातौं स्थानमा छ । स्कटल्याण्ड ८ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । ८ टोली सहभागी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज अहिलेसम्मको अंक तालिका हेर्दा क्यानडा शिर्ष स्थानमा रहेको छ ।