You are currently viewing स्कटल्यान्डका अलराउण्डर मक्मलेन सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने

स्कटल्यान्डका अलराउण्डर मक्मलेन सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने

कार्तिक ५ धनगढी : नेपाल सुपर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई टिममा अनुबन्ध गरेको जानकारी गराएको छ । सोमबार प्रेस विज्ञप्ति मार्फत ब्रान्डन मक्मलेनलाई टिममा समावेश गरेको जानकारी गराएको छ । २५ वर्षे दायाँ हाते ब्याटर उनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । ब्रान्डन मक्मलेन स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुन् । २२ ओडिआईमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाएका छन । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी गृहप्रदेशकै विश्व न २ अलराउण्डर दिपेन्द्र सिंह ऐरी हुन भने मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरिसकेको छ । सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ ।

सुदूरपश्चिम रोयल्सका मालिक एन.आर.एनक्रमी स्वतन्त्र प्रताप शाह हुन भने सिइयोको रुपमा फ्रेन्चिाइज क्रिकेटका अनुभवी व्यवस्थापक प्रकाश खड्का रहेका छन । टोलीको ब्राण्ड एम्बास्डरमा ओलम्पियन दिपक बिस्टलाई नियुक्त गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टोलीमा हालसम्मका सदस्यहरु – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउँद , अमित श्रेष्ठ र ब्रान्डन मक्मलेन ।

Leave a Reply