२७ असार,२०८२ : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ६-१ को सहज जित हासिल गरेको छ ।नेपालले भुटानविरुद्ध पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । नेपालका लागि अट्याकिङ मिडफिल्डर सेनु परियारले दुई गोल गरेकी छन् । त्यस्तै स्ट्राइकर पूर्णिमा राईले एक गोल गरिन् । तीनवटै गोलमा स्ट्राइकर वर्षा ओलीले असिस्ट प्रदान गरिन् ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा सम्पन्न दिनको दोस्रो खेलको दोश्रो हाफमा नेपालका लागि स्ट्राइकर पूर्णिमा राई थप तीन गोल गर्दै व्यक्तिगत गोल संख्या चार पुर्याइन । दुई गोल अट्याकिङ मिडफिल्डर सेनु परियारको नाममा रह्यो। आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले श्रीलंकामाथि ९–१ को फराकिलो जित हासिल गर्यो ।
नेपाल अब आइतवार आयोजक बंगलादेशको सामना गर्नेछ।च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ। डबल राउण्ड रोविनमा हुने च्याम्पियनसिपको शीर्ष स्थानको टोली च्याम्पियन बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?