फाल्गुन २१,धनगढी : ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि अनेरास्ववियुले दिपेन्द्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी वर्तमान स्ववियु सचिव पनि हुन् । त्यसैगरी अनेरास्ववियू क्रान्तिकारीले पनि सभापतिको उमेदवार टुंग्याएको छ ।
उस्ले ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियु इकाइ कमिटि अध्यक्ष विकास बिष्ट विकल्पलाई सभापतिको उमेदवार बनाउने निर्णय गरेको छ । दुवै विद्यार्थी नेता ऐश्वर्य बहुमुखी क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय छन । अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीले उमेवारको टुंगो लगाएपनि नेपाल विद्यार्थी संघ नेविसंघले भने अहिलेसम्म सभापतिको उमेदवार टुंग्याएको छैन । नेविसंघबाट राज ओझा,दिपक भट्ट,मदन ओझा,प्रविन जोशी र मोहन राज पनेरु आकाक्षी रहेपनि कुनै एउटाको नाम सर्वसम्मत सिफारिस गरिने आफूहरु सशक्त भएर निर्वाचनमा होमिने स्रोतले जनाएको छ ।
ऐश्वर्य बहुमुखी क्याम्पसमा २०७३ को स्ववियू निर्वाचनमा नेविसंघ,अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीलाई जिल्ल पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रविबा कमल रजवारले स्ववियू सभापतिमा बाजी मारेका थिए । कोभिड १९ का कारण एक कार्यकाल निर्वाचन हुन सकेन । २०७९ मा भने नेविसंघका महेश जोशीलाई पराजित गर्दै अनेरास्ववियुका कुबेर खड्का नेतृत्वको प्यानल विजयी भएको थियो । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा पनि ऐश्वर्य बहुमुखी क्याम्पसमा त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।