You are currently viewing हङकङमा अन्तर्राष्ट्रिय शृंखलमा सहभागिता जनाउने नेपाली क्रिकेट टोलीको बिदाइ /@NepaliCricket

हङकङमा अन्तर्राष्ट्रिय शृंखलमा सहभागिता जनाउने नेपाली क्रिकेट टोलीको बिदाइ /@NepaliCricket

चैत्र २५,धनगढी : हङकङमा बुधबारदेखि सुरु हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलमा सहभागिता जनाउने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह,प्रवक्ता छुम्बी लामालगायतले टोलीको बिदाइ गरे ।

नेपालका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल हालसम्म आइनपुगेका कारण यो शृंखलामा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षण सम्हाल्ने भएका छन् । उनले पछिल्लो समय नेपाल ‘ए’ टिम सम्हालेका थिए । अप्रिल ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल, हङकङ, कतार र कुवेतले सहभागिता जनाउने छन् । नेपालले अप्रिल ९ मा कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ ।

शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । रोहितकुमार पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा लोकेश बम, साहब आलम, बसिर अहमदले पुनरागमन गरेका छन् । यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

नेपाली टोली यसप्रकार रहेको छ

रोहितकुमार पौडेल (कप्तान),कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शनकुमार झा, कुशल मल्ल, शाहब आलम

 

Leave a Reply