You are currently viewing हङकङ सिक्स क्रिकेट : विश्वविजेता इङ्ल्यान्ड माथि नेपालको सनसनीपूर्ण जीत

हङकङ सिक्स क्रिकेट : विश्वविजेता इङ्ल्यान्ड माथि नेपालको सनसनीपूर्ण जीत

कार्तिक १६,धनगढी : हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । ९८ रनको विशाल लक्ष्य नेपालले ४.२ ओभरमै पूरा गरेको छ । नेपालका लागि कप्तान संदिप जोराले १२ बलमा ५० रनको आक्रामक अर्धशतक प्रहार गरे । कप्तान जोराले १२ बलमा ६ छक्का तथा ३ चौका प्रहार गरे । त्यसपछि हङकङ सिक्स क्रिकेटको नियम अनुसार उनले क्रिज छाडेका थिए । नेपालका लागि लोकेश बमले २० तथा रसिद खानले २१ रनको अविजित पारी खेले । इङ्ल्यान्डका कुनैपनि बलरले विकेट लिन सकेनन ।

टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको इङ्ल्यान्डले कप्तान रवि बोपराको आक्रमक ब्याटिङसँगै ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको थियो । रवि बोपराले सर्वाधिक ४९ रन बनाए। १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे। समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए। नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो। नेपालले भोली विश्वविजेता टोली अष्ट्रेलियाको सामना गर्नेछ ।

Leave a Reply