कार्तिक १६,धनगढी :हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपाललाई ९८ रनको विशाल लक्ष्य दिएको छ। ङ्ल्यान्डका कप्तान रवि बोपराको आक्रमक ब्याटिङसँगैमिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५ / ५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको हो।
रवि बोपराले सर्वाधिक ४९ रन बनाए। १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे। समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए। नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो।